यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम ९२४ जनाको विद्युतीय राहदानी (e-passport) तयार भई आएकाले https://miniurl.pro/pp_jan21 लिंकमा उल्लेखित सूची अनुसार नाम भएका आवेदकहरुलाई यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ।
नवीकरण भएको राहदानी लिन आउँदा आफ्नो पुरानो राहदानी र राजश्व बुझाएको रसिद साथै राहदानी हराउनुभएको तथा नयाँ बनाउनु भएको महानुभावहरुले राजश्व बुझाएको रसिद साथमा अनिवार्यरुपमा ल्याउनहुन सूचित गरिन्छ।
आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुमा महावाणिज्यदूतावास टोली आउँदा आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने छ ।
साथै, यसैसँग संलग्न सूचीमा आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुबाट महावाणिज्यदूतावास आई आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने एवम् सोका लागि ०५३८५०२१९२ मा सम्पर्क गरी आफू कुन स्थानमा रहेको जानकारी गराउनुहुन समेत अनुरोध गरिन्छ।