बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नेपालबाट आमंत्रित कलाकारको साथमा मनाइयो माघे सक्रान्ति पर्व

नेपालबाट आमंत्रित कलाकारको साथमा मनाइयो माघे सक्रान्ति पर्व

  • Naveen Sanchar

  • आइतवार, माघ ७, २०८०

  • 132
    Views
नेपालबाट आमंत्रित कलाकारको साथमा मनाइयो माघे सक्रान्ति पर्व

रोशन अर्याल
नबिनसंचार दोहा, कतार

नेपाल मगर संघ, शाखा कतारको आयोजनामा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी (मिनाम सार ल्हेस) ५०१७ भव्य रूपमा मनाइएको छ । कतारस्थित नेपाली दूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रेसम आले मगरको अध्यक्षता शुक्रबार अलअरवी स्पोर्टस क्लबको हलमा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको थियो ।

नेपालबाट आमन्त्रित अथिति कलाकारहरु क्रमश लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगर,कमेडियन, गायक तथा सर्जक अर्जुन कुँवर,गायक, सर्जक तथा संगीतकार डोलराज बाह्रघरे,नृत्यंगना अस्मिता राना लगाएतका दर्जनौ परम्परागत मौलिक भेषभुषामा सजिएका दोहाका चर्चित कलाकारहरु ले समेत बेजोड प्रस्तुतिहरु दिएका थिए। गायिका सिंजाली मगरले पहिलो पटक विदेशमा प्रस्तुति दिदै गर्दा दर्शकहरु को उत्साहा देखेर निकै नै हर्षित भएको बताएकी थीइन। गायक तथा सर्जक कुँवरले आफ्ना चर्चित गितबाट दर्शकलाई झुमाउदै कमेडी मार्फत पेट मिची मिची हास्न बाध्य बनाए ! सर्जक तथा संगीतकार डोलराज बाह्रघरेले आयो संक्रान्ति, संक्रान्तिको शुभकामना, साइँलो घयरी वनमालगायतका आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । अस्मिता रानाले चर्चित नेपाली लोक दोहोरी गीतमा आफ्नो नृत्य प्रस्तुत गरिन् । कार्यक्रम अवधिभर संघमा आवद्ध विभिन्न कलाकारहरूले स्वागत नृत्यसहित सामूहिक नृत्य र एकल गायन प्रस्तुत गरेका थिए ।

जनजाति परम्पराअनुसार किरात मूल समारोह आयोजक समिति, तमु (गुरुङ) समाज, नेपाल प्रवासी तामाङ समाज, थारु कल्याणकारी सभा, किरात याक्थुङ चुम्लुङलगायतका जनजाति महासंघमा आवद्ध मातृसंस्थाहरुले आयोजक संघलाई कोसेली उपहार स्वरूप प्रदान गरेका थिए । मातृसंस्थाहरुले यसरी नै कोसेली उपहार दिने प्रचलन रहेको छ । यसलाई एक्यबद्दता तथा नेपाली सस्कार,परम्परा,सम्मानका रुपमा मानिन्छ। यो प्रथा अरु मातृसंस्थाहरु को कार्यक्रमहरु पनि मा कोशेली भेट चडाउने चलन रही आएको छ ! पूर्व निर्धारित कार्यक्रम स्थल एथेन्स क्लबमा प्राबिधिक कारणले रद्द भएकाले कार्यक्रम उक्त स्थान बाट परिबर्तन गरेर अल अरबिया क्लबमा सारिएको आयोजकले जानकारी गराएको थियो।

कार्यक्रममा एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, वैचारिक संस्था, प्रदेशस्तरीय संस्था, जिल्लास्तरीय संस्था, जातीयलगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्यसमेत दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले यो चाड मगर समुदायबाहेक अन्य जाति तथा नेपाली समुदायले आ–आफ्नै तरिकाले भव्यरूपमा मनाउने एक राष्ट्रिय पर्व भएको बताए । नेपालमा माघे सक्रान्ति र साउने सक्रान्ति लाई बिशेषता मनाउने गरिन्छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha