
नवीनसञ्चार/ बहराइन
इस्लामिक धर्मालम्बीहरूको महान चाड (ईद अल फितर) को अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बहराइनले नेपालका दुर्गम क्षेत्रका बालबालिकाहरूको शैक्षिक बिकास सहयोगार्थ बृहत नेपाली सांगीतिक कार्यक्रम-२०२४ को आयोजना गर्न लागिएको हुँदा, बहराइनमा क्रियाशिल सम्पुर्ण संघ संस्था, संगठनका प्रमुखज्यूहरु साथै व्यवसायी, बुद्धिजिवी, समाजसेवी, पत्रकार, कलाकारज्यूहरु लगायत आम बहराइनबासी शुभेच्छुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैमा कार्यक्रम आयोजना बारे जानकारी आफ्नो फेसबुक पेजद्वारा सूचना जारी गर्दै हार्दिक आब्हान गरेको छ ।
कलाकारहरु :
केकी अधिकारी : चर्चित नायिका/ मोडल
मिलन नेवार : चर्चित गायिका/ The voice of Nepal Coach
पशुपति शर्मा : चर्चित लोक तथा दोहरी गायक
स्थान: Delmon international hotel (manama, Bahrain )
समय: 7:00 PM
मिति : ईद अल फ़ितर को पहिलो दिन ( 10 April 2024)
प्रवेश शुल्क : 5 बहराईन डिनार
सम्पर्क: 38760424,37792712, 66343400, 33061872, 35652395