सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

अर्मानी एक्स एण्ड लंजमा बिबिध मनोरन्जनात्मक सांगीतिक कार्यक्रम सम्पन्न

अर्मानी एक्स एण्ड लंजमा बिबिध मनोरन्जनात्मक सांगीतिक कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • मङ्लबार, माघ २, २०८०

  • 150
    Views
अर्मानी एक्स एण्ड लंजमा बिबिध मनोरन्जनात्मक सांगीतिक कार्यक्रम सम्पन्न

रोशन अर्याल
नबिनसंचार दोहा, कतार

दोहाको मुटुमा रहेको ग्राण्ड रिगल होटलमा अबस्थित अर्मानी एक्स एण्ड लंजमा आयोजना गरिएको बिबिध मनोरन्जनात्मक सांगीतिक कार्यक्रम भब्य रुपमा गत शुक्रबार राति सम्पन्न भएको छ ! नेपालबाट आमन्त्रित गरिएका कलाकारहरु को साथमा उल्लेखनिय दर्शकहरु को उपस्थिति रहेको मद्य रात सम्ममा मिठा मिठा गित संगीतका तथा हासोको साथ झुमेका थिए।

कार्यक्रममा नेपालबाट निमत्रणा गरिएका हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धेर्बे), पुजन घिमिरे (पुक्कु) साथै युवा पुस्ताकि चर्चित गायिका सदिच्छा कट्टेलले आफ्ना प्रस्तुतिहरु पस्किएर हसाउनका साथै मिठा नेपाली तथा हिन्दि गित मार्फत दर्शकलाई बसेको स्थानबाट उठ्न बाध्य बनाएका  थिए, लामो समय देखि हास्य विधामा रहेर आफुलाई अब्बल हास्य कलाकार रुपमा चिनाउन सफल बल्छी धुर्बेले नेपाली हास्य टेलिश्रङ्गखला मेरी बासै, हल्का रमाईलो जस्ता चर्चित् दर्जनौ श्रङ्गखलाहरुमा हास्य कलाकार को भूमिकामा मार्फत दर्शकको मन जित्न सफल भएका छन्,अर्की  कलाकार पुजन घिमिरेले पनि विभिन्न भूमिकाहरु रहेर अभिनय मार्फत चर्चामा रहेकी छन्’ उनलाई दर्शक ले “पुक्कु” भनेर बढी चिनिने गरेको पाईन्छ, तेस्तै अर्की गायिका द भोईसको मंचबाट आफुलाई स्थापिन गर्न सफल युवा पुस्ताकि गायिका सदिच्छा कट्टेलले ” माया रैछ, र त भर रैछ नि’अँगालो पनि त घर रैछ नि” जस्ता चर्चित गितहरु गाएकी छन्।

तिनैजना एकै स्टेजमा प्रस्तुति दिदा दर्शकहरु आकर्षित भएका थिए, कट्टेलले एक दर्जन भन्दा बढी नेपाली तथा हिन्दि गितहरु प्रस्तुत गरिकी थीइन भने बल्छी धुर्बे र पुक्कुले कमेडी मार्फत दर्शकलाई पेट मिची मिची हसाएका थिए। निर्धारित समय भन्दा केहि ढिला सुरु गरिएको कार्यक्रम शुरु गरे लगत्तै दर्शक खचा खाच भरिएका थिए, हरेक हप्ता शुक्रबार साझ नया नया नेपाली कलाकारका साथमा नेपाली कार्यक्रम गरिने क्लब संचालक रमेश केशीले जानकारी दिए ! तेस्तै हप्ता भरि काम गरेर रिफ्रेसका लागि थकाई लाई मेटाउन, मनोरंजनका लागि नेपाली कार्यक्रम आयोजना गरिने अर्का संचालक सन्दिप भट्टराईले बताएका छन्  !

कार्यक्रम पश्चात एक सम्मान कार्यक्रमको आयोजना गरि सबै कलाकारलाई कदरपत्र दिदै सम्मान गरेर चार दिनको बसाईलाई बिट मार्दै आईतबार राति कतार एरावेज मार्फत स्वदेश फर्किएको कार्यक्रम ब्यबस्थापनमा खटिएका सुदिप पाठकले जानकारी दिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha