बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

गैरआवासीय नेपाली तारा-२०२३ कतारको तेस्रो चरणको छनौट सम्पन्न ५/५ जना ग्राण्ड फिनालेमा प्रवेश

गैरआवासीय नेपाली तारा-२०२३ कतारको तेस्रो चरणको छनौट सम्पन्न ५/५ जना ग्राण्ड फिनालेमा प्रवेश

  • Naveen Sanchar

  • शनिबार, पुस २८, २०८०

  • 166
    Views
गैरआवासीय नेपाली तारा-२०२३ कतारको तेस्रो चरणको छनौट सम्पन्न ५/५ जना ग्राण्ड फिनालेमा प्रवेश

रोशन अर्याल /नवीनसञ्चार

दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ ।  गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट चुनिएका छन् । उक्त कार्यक्रम  शुक्रबार प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको थियो।

फाइनलिष्ट पाँचमा गायन विधाबाट दीपक कुमार घले (भोटिङ नं. १), इशान रेग्मी (भोटिङ नं. २), सुजन गुरुङ (भोटिङ नं. ३), मानसिङ परियार (भोटिङ नं. ४) र रुस्तम तामाङ (भोटिङ नं. ५) रहेका छन् । त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ नं. १), सरोज लामा (भोटिङ नं. २), निरु श्रेष्ठ (भोटिङ नं. ३), झरना राई (भोटिङ नं. ४) र सौजन चहार (भोटिङ नं. ५) रहेका छन् । प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । गायन तथा नृत्य विधामा ग्राण्ड फिनालेमा पुगेका प्रतियोगीहरु लाई अगाडिको प्रतिस्पर्धा निकै घमासान हुने भएकाले पूर्ण रुपमा तयारी तथा फरक विधामा समेत अभ्यास गर्न सुझाब दिएका थिए। पर्यवेक्षकद्वय बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अवधिभर निरीक्षण तथा सहभागीलाई सुझाव राखेका थिए कार्यक्रम को अन्तिम चरणमा पुग्नु भएका पर्यवेक्षक कमलमणि गुरागाईले मन्तब्यका क्रममा छनौटमा पर्नु हुने प्रतियोगीहरु लाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा संगीतकार प्रभात त्रिपाठी रहेका थिए । त्रिपाठीले सहभागीहरू लाई यो अत्यन्तै सुबर्ण अवसर रहेकाले यस्ता कार्यक्रममा सहभागी हुनु पाउनु भाग्यमानी को संज्ञा दिएका थिए, पुराना संगीत सिकाईका अनुभबहरु लाई उदाहरण दिदै सबै प्रतियोगीहरु लाई हौसला प्रदान गरेका थिए,    प्रावासमा रहेर पनि नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि गरेको सराहनीय कार्यको प्रशंसा गरेका थिए । उनले सहभागीहरूलाई सांगीतिक तथा व्यक्तिगत जीवनमा प्रगतिको कामना गरेका थिए ।

एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा बोल्दै एनसीसी कतारका अध्यक्ष रमेश भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । उनले फिनालेमा पुग्ने प्रतिस्पर्धीहरुलाई शुभकामना दिँदै जो प्रतियोगिताबाट बाहिरिए पनि नतिजालाई सकारात्मक रूपमा लिँदै थप मेहनत गरेर संगीत क्षेत्रमा निरन्तर बग्न शुभेच्छा प्रकट गरेका थिए । आयोजक संस्था तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङसहित एनआरएनए आईसीसीका विभिन्न तहका व्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।

आगामी फेब्रुहरी २ तारिक हुने भनिएको ग्रान्ड फिनाले अल लुक्तामा अबस्थित टिउनिसियन स्कुलको सभाहलमा गरिने घोषणा समेत गरिएको छ ! निर्णायकको भूमिकामा रहनु भएको सर्जक, कुशल संगीतकार मंगल बिकले ग्राण्ड फिनाले मार्फत हुने बिजेतालाई एकओटा गित रेकर्डिङ्ग उहाको तर्फबाट गराउने घोषणा समेत गरे, तेस्तै आगामी हुने बिजेतालाई भ्याल्भेट क्लबका संचालक उत्तम गुरुङले नेपालबाट आउने कलाकारको साथमा संयुक्त एक “शो” आयोजना गर्ने घोषणा गरेका हुन्, प्रतिस्पर्धीहरु को हौसला बढाउन निमित्त  कार्यक्रम सहजकर्ता अर्यालले टप ५ मा पुग्नु हुने सबै कलाकारका साथमा एक सांगीतिक साझ आयोजना गर्ने  बताएका छन्।

प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फेब्रुअरी २, २०२४ मा हुने ग्राण्ड फिनालेका लागि अतिथि निर्णायकसहित आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नेपालबाट कतार ल्याउन पहल भइरहेको आयोजकले जनाएका छन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha