बुधबार, चैत्र ४, २०८२ | March 18, 2026

कविता

कविता

  • Naveen Sanchar

  • शनिबार, पुस २८, २०८०

  • 205
    Views
कविता

 

कवि भानु ढुंगाना

बिचरा ललितपुर !

काठमाण्डौं घोडा चढ्न आउनेहरुका
जुत्ता, चप्पल, कट्टु, मोजा आदि
ललितपुरले लुकाई दिनुपर्छ
उपत्यकाभित्र र बाहिर
विचरा ललितपुरले

झापाका जुत्ता चप्पल
लुकाई दिनु पर्ने
गुडिअर जुत्ता गनाउने मोच्चा लुकाई दिनु पर्ने
स्याण्डल लुकाई दिनु पर्ने
दङ् दङि गनाउने मोजा लुकाई दिनु पर्ने

काठमाडौंको खच्चड चढेर आउनेहरुका
इलामका चाइनिस जुत्ता लुकाई दिनु पर्ने
काठमाडौं पुगेपछि फुकाएका कपालका लाबर लुकाई दिनु पर्ने

जुत्ता
चप्पल
स्याण्डल
हवाई चप्पल
गनाउने मोजा
कट्टु
पेटिकोट
झापा- सुन्सरी
मोरङ-सर्लाही
इलाम-ताप्लेजुङ
आदि-आदिका
विसर्जन बिहोर्नु पर्ने
विचरा ललितपुरले-

कसिङ्गरको ढंगुर
गमेज फुकालेर फालेका
भ्रष्टाचारका कोट फुकालेर हालेका कयौंका कैयौं
पोका पत्यौरा हुत्याईएका
सबै भित्र भित्रका गुण्डागर्दीलाई
विचरा ललितपुरले लिनु पर्ने


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha