सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

एनआरएनए एनसीसी कतारको सहयोगमा पाँच महिला स्वदेश फिर्ता

एनआरएनए एनसीसी कतारको सहयोगमा पाँच महिला स्वदेश फिर्ता

  • Naveen Sanchar

  • बुधबार, पुस १८, २०८०

  • 313
    Views
एनआरएनए एनसीसी कतारको सहयोगमा पाँच महिला स्वदेश फिर्ता

-रोशन अर्याल
नवीनसञ्चार, कतार

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले अलपत्र ५ जना नेपाली महिला लाई स्वदेश फिर्ता  गर्न सफल भएको छ । ४ महिना अगि वेटर र क्लिनिङ कामको लागि आएका ५ जना दिदी बहिनीलाई एनआरएनए एनसीसी कतारको श्रमिक बिभागद्वारा समन्वय गरि स्वदेश  फिर्ता   गरिएको हो । रेसनल ओभरसिज  प्रालि म्यानपावर बाट कतार आइ, यहाँको एक नेपाली ( सभा बेष्ट क्लिनिङ हस्पिटालिटी ) कम्पनीमा अलपत्र परिरहेको भन्ने सुचना प्राप्त भएको र सोही सूचना अनुसार , एनसीसीको श्रमिक बिभागले कतारको कानुन अनुसार आवस्यक प्रक्रिया र टिकटको समेत ब्यावस्था गरि नेपाल पठाउन सफल भएको हो । १५ डिसेम्बरमा तीन जना र आज २ जनवरि २०२४ का दिन दुइगरि जम्मा ५ जना महिला दिदिबहिनी लाई नेपाल पठाउन सफल भएको श्रमिक बिभागका उप – संयोजक बिक्की गैरेले जानकारी गराए ।

भीषा अवधि सकिएको,कम्पनीबाट (रनओए )भागेको लगायत केशले गर्दा सोहिदिन एअरपोर्ट बाटनै फर्कनु परेको थियो १ तर आज सबै प्रक्रिया पुरागरि नेपाल फर्काउन सफलभएको एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख कृष्ण पन्थीले जानकारी गराए । पीडितहरू रेश्मा उप्रेती (मकवानपुर), शकुन्तला राई (भोजपुर), भूमिका नेपाली (रोल्पा), धन कुमारी नेपाली र सिता लावती (पाँचथर) रहेका छन् ।

 

नेपालबाट बैदेशिक रोजगारीको लागि जादा सम्बन्धीत रोजगार दाताको बारेमा बिस्तृत जानकारि लिएर सम्झौता पत्र अध्यान गरेरमात्र जानका लागि अनुरोध गरिएको छ१ यदि सम्झौता अनुसारको काम तथा सेवा सुबिधा नपाएको खण्डमा सम्बधित निकाय मार्फत कानुनि प्रकृया जानका लागि समेत जनहितका लागि सबैलाई सुचिकृत गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha