शुक्रबार, जेष्ठ १, २०८३ | May 15, 2026

माल्टामा नेपाली राजदूतावास स्थापना गर्न पहल

माल्टामा नेपाली राजदूतावास स्थापना गर्न पहल

  • Naveen Sanchar

  • सोमवार, पुस १६, २०८०

  • 273
    Views
माल्टामा नेपाली राजदूतावास स्थापना गर्न पहल

नवीनसञ्चार सम्वाददाता
माल्टा । गैरआवासीय नेपाली संघ(एनआरएनए) युरोप युवा संयोजक प्रकाश भण्डारी र एनसीसी माल्टा अध्यक्ष रेमलाल खनाल (रेम्स)ले संयुक्त रुपमा नेपाल सरकारका श्रम मन्त्री शरद सिंह भण्डारीसँग भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा उहाँहरुले माल्टा सरकार र नेपाल सरकारबिच श्रम सम्झौता पहल भइसकेको र एम ओ इ श्रम मन्त्रिले पठाईसक्नु भएको विषयमा जानकारी प्राप्त भयो। जहाँसम्म माल्टा सरकारले छिट्टै नै स्विकृति दिएर अगाडि बढाउने जानकारि प्राप्त भएको छ। त्यसै भेटघाटमा युरोप युवा संयोजक भण्डारीले माल्टा लगायत अन्य युरोपेली मुलुकमा पनि श्रम सम्झौता पहल गरिदिनुहुनको लागि आग्रह गर्नुभएको थियो। पछिल्लो समयमा समयमा नेपालीहरुको बढ्दो चापलाई मध्यनजर गर्दै माल्टामा नेपाली राजदूतावास स्थापना गर्न तथा यदि नमिलेको खण्डमा स्पेनस्थित राजदूतावासलाई पूर्ण रुपमा क्रेडेन्सियल दिनको लागि पनि पहल गरेको अध्यक्ष खनालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha