शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

५३ जनाको राजदूतावासमार्फत एक्जिट भिसा प्राप्त भएको सूचना

५३ जनाको राजदूतावासमार्फत एक्जिट भिसा प्राप्त भएको सूचना

  • Naveen Sanchar

  • शनिबार, पुस १४, २०८०

  • 309
    Views
५३  जनाको राजदूतावासमार्फत एक्जिट भिसा प्राप्त भएको सूचना

नवीनसञ्चार सम्वाददाता
साउदी अरब

१. यस राजदूतावासबाट वहिर्गमन भिसा (exit visa) को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूचि बमोजिमका मानुभावहरूको एक्जिट भिसा प्राप्त भएकोले यथाशिघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।
२. यदि तपाइँको मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन ।
३. एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
४. एक्जिट भिसामा भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर र आफूसंग भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर एउटै छ/छैन हरेर एकिन गरेर मात्र हवार्इ टिकट खरिद गर्नुहोला ।
एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा राजदूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्नुहोला । थप जानकारी चाहिएमा मात्र राजदूतावास रियादको सम्पर्क नम्वर 011-4611108 मा विहान ९:०० बजे देखि वेलुका ५:०० बजेसम्म, 011-2883795 मा दिउसो ३:०० बजे देखि वेलुका ५:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०५०००२१४०९ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।
नेपाली राजदूतावास, रियाद ।
२८ डिसेम्वर २०२३


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha