नवीनसञ्चार सम्वाददाता
साउदी अरब
१. यस राजदूतावासबाट वहिर्गमन भिसा (exit visa) को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूचि बमोजिमका मानुभावहरूको एक्जिट भिसा प्राप्त भएकोले यथाशिघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।
२. यदि तपाइँको मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन ।
३. एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
४. एक्जिट भिसामा भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर र आफूसंग भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर एउटै छ/छैन हरेर एकिन गरेर मात्र हवार्इ टिकट खरिद गर्नुहोला ।
एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा राजदूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्नुहोला । थप जानकारी चाहिएमा मात्र राजदूतावास रियादको सम्पर्क नम्वर 011-4611108 मा विहान ९:०० बजे देखि वेलुका ५:०० बजेसम्म, 011-2883795 मा दिउसो ३:०० बजे देखि वेलुका ५:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०५०००२१४०९ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।
नेपाली राजदूतावास, रियाद ।
२८ डिसेम्वर २०२३