
नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया
नेपालको प्रस्तुति सगै साउदी रियाद सिजन २०२३ भव्य रुपमा सम्पन्न भएको छ । रियाद सहरस्थित अल सुवेदी पार्कमा अक्टोबर २८ बाट सुरु भएको थियो । सिजनमा नेपाल पहिलो पटक सहभागी भएको हो।
नेपाली गायिका तिर्सना गुरुङसहित द कोल्याब ब्याण्डको समेत सहभागिता रहेको उक्त कार्यक्रममा साउदी अरबमा रहेका नेपाली डान्स ग्रुप र सिर्जना सास्कृतिक समुहका कलाकाहरुले पनि विभिन्न एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।
साउदी सरकार द्वारा परिचालित जिईए (क्रस कल्चर)ले गरेको कार्यक्रममा नेपाले ३ दिनको समय पाएको थियो। कार्यक्रममा उलेख्य रुपमा नेपालीहरु सहभागी भएका थिए।
कार्यक्रममा नेपाल बाट श्रममन्त्री शरदसिंह भण्डारी, साउदी लागी नेपाली राजदूत नवराज सुवेदी, वाणिज्य दूत शत्रुधन सिंह पोखरेल, दूतावास परिवार लगायतको उपस्थित थियो।
अक्टोबर २९ देखि सन्चालन भएको रियाद सिजन २०२३ मा ७ देशहरु नेपाल , भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र सुडानको सहभागिता रहेको थियो।
सिजनमा झापाली समाजका सचिव तथा उक्त कार्यक्रमका लागि नेपाली टोलीको संयोजनको भुमिका निर्वाह गरेका रवीन गिरी र साउदी नागरिक सुलयमानद्वारा उक्त कार्यक्रम रोचक तरिकाले संचालन गर्नु भ एको थियो । सो अवसरमा शेर्पा,तामाङ समुदायको डम्फु नाच,राई लिम्बू समुदायको साकेला नाच, लाके नाच तथा गुरुङ समुदायको विभिन्न नृत्य समेत प्रदर्शन गरिएको थियो ।