
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमको समुद्घाटन गरेको छ । सो एटिएमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । योसंगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम् सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारी तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गर्नुभयो भने मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्राङ्गणमा एटिएम् सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धन्यावाद ज्ञापन गर्नुभयो ।