
नवीनसञ्चार सम्वाददाता
काठमाडौं । कृषि विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरूको सहायताका लागि पचास लाखको आर्थिक सहयोग प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको हो । उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं ०१००२०१००२९०७०१४ मा उक्त रकम जम्मा गरिएको बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल श्रेष्ठले बताउनुभयो । बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५० लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो।