भूकम्पीडितलाई एनआरएनए एनसीसी साउदीको तीन लाख रुपैयाँ सहयोग
भूकम्पीडितलाई एनआरएनए एनसीसी साउदीको तीन लाख रुपैयाँ सहयोग
Naveen Sanchar
आइतवार, कार्तिक १९, २०८०
104
Views
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्नेच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको घटनाले हामीलाई मार्माहित र दुःखी बनाएको छ । भयाबह यस समयमा साउदी अरबमा क्रियाशील रहेका सम्पुर्ण सामाजिक एवम् राजनीतिक संघसंस्थाहरू एक जुट भएर मातृभुमीमा परेको विपत्तिको सामना गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब हार्दिक अपिल गर्दै एनसीसी साउदीअरबको ४ नोवेम्बर २०२३ का दिन आकस्मिक बैठक बसि रूः ३,००,००० (अक्षरूपी रू. तिन लाख) सहयोग गर्ने निर्णय गरेको सबैमा जानकारी गराउँदछौँ।
संघ भूकम्पमा परेर निधन हुनुभएका सम्पूर्ण दिवंगत आत्माहरू प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
कठिन यस घडीमा एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको जानकारी गराउँदै भूकम्प प्रभावित क्षेत्रमा अझ प्रभावकारी राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन तथा आवश्यक कार्यमा जुट्न संघ संस्था तथा महानुभावहरूमा संघ हार्दिक आग्रह गर्दछ।