
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद् इजरायलले हमास समूहको आक्रमणमा परी ज्यान गुमाउनुभएका १० नेपाली नागरिकको सम्झनामा दीपप्रज्ज्वलन गरी श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । आगामी ६ नोभेम्बर साँझ ५ बजे तेल अभिभस्थित लेवेन्सिकी पार्कमा आयोजना हुने समारोहमा उपस्थितिका लागि एनआरएनए एनसीसी इजरायलले सबैमा अनुरोध गरेको छ ।