शनिबार, चैत्र १, २०८१ | March 15, 2025

गैरआवासीय नेपाली संघको तर्फबाट १ करोड १० लाख रुपैयाँको राहत कोष

गैरआवासीय नेपाली संघको तर्फबाट १ करोड १० लाख रुपैयाँको राहत कोष

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १८, २०८०

  • 76
    Views
गैरआवासीय नेपाली संघको तर्फबाट १ करोड १० लाख रुपैयाँको राहत कोष

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट  तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।  

अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय भएको छ । अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ ।  

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित  महिला उपाध्यक्ष रोजिना प्रधान राईमहासचिव गौरीराज जोशीउपमहासचिव प्रविण गुरुङसचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली)सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिनाएनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मापूर्व आइसीसी सदस्य धर्मराज गिरिलोकराज शर्मा (डेनमार्क) विक्रम केसी(रसियासीता खतिवडा लगायत रहेका छन् । यस्तैकोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद  तिमल्सिनाअभिमन्यू बस्नेततिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ । 

साथै संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ । एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराईअमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशीडा केशव पौडेल र वेदराज बस्नेतअफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई,  यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्काओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल,  मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्यालयुवा तथा महिला परिचालनका लागि रोशन थापासुपेन्द्र घिसिङरोजिना प्रधान राईटिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।  

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ । चीनहङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका  लागि सक्रियतापूर्वक काम सुरु भइसकेको छ । 

संघले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । राहत तथा उद्धारका लागि इच्छुक एनसीसी तथा अन्य व्यक्तित्वले हटलाइन नम्बर ९७७÷९८०१८६११०१ मा सम्पर्क गर्न सक्नुहुन्छ । साथै राहतका सामाग्री तत्काल उपलब्ध गराउनुपर्ने स्थानका सम्बन्धमा समेत यसै हटलाइनमार्फत जानकारी गराउन सक्नुहुनेछ ।  थप सहयोगका लागि संघको सहायक निर्देशक बन्दना शर्मालाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ । 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha