सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

अन्तर्राष्ट्रिय झापाली समाजमा नयाँ नेतृत्व

अन्तर्राष्ट्रिय झापाली समाजमा नयाँ नेतृत्व

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १२, २०८०

  • 73
    Views
अन्तर्राष्ट्रिय झापाली समाजमा नयाँ नेतृत्व

नवीनसञ्चार सम्वाददाता
झापा । अन्तर्राष्ट्रिय झापाली समाजको झापाको विर्तामोडमा सम्पन्न चौँथो अन्तर्राष्ट्रिय महाधिवेशनले मुकुन्द ढुंगाना(अमेरिका)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाईँ (कतार), उपाध्यक्ष भुपाल श्रेष्ठ (अष्ट्रेलिया) र चुडामणि कार्की(कतार), महिला उपाध्यक्ष शर्मिला बस्नेत(माल्टा), महासचिव नगेन्द्र प्रसाद पोखरेल नवीन(कतार), सचिव रवीन गिरी (साउदी अरेबिया) रहनुभएको छ ।
त्यसैगरी, ओसियाना क्षेत्रीय संयोजकमा उमेश पोखरेल(अष्ट्रेलिया) र उपसंयोजक निरञ्जन प्रसाईँ(अष्ट्रेलिया), मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र थापा (साउदी अरब) र उपसंयोजक भवानी कोइराला (कतार), एसिया प्रशान्त क्षेत्रीय संयोजक मेघराज नेपाल (जापान), अमेरिका क्षेत्रीय संयोजक प्रसन्न संग्रौला, सदस्य देवी बहादुर कार्की(साउदी अरब) र उत्तम गुरुङ(कतार) रहनुभएको छ ।
महाधिवेशन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समारोहमा झापास्थित महाभारा स्वास्थ्य चौकी र शान्तिनगर स्वास्थ्य चौकीलाई सहयोगस्वरुप एम्बुलेन्स हस्तान्तरण समेत गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha