शुक्रबार, फाल्गुन २९, २०८२ | March 13, 2026

यस्तो रह्यो साउदी अरबमा प्रवासी नेपालीको दशैँ

यस्तो रह्यो साउदी अरबमा प्रवासी नेपालीको दशैँ

  • Naveen Sanchar

  • शनिबार, कार्तिक ११, २०८०

  • 189
    Views
यस्तो रह्यो साउदी अरबमा प्रवासी नेपालीको दशैँ

-योगेन्द्र श्रेष्ठ

खमिस मुशैत, साउदी अरेबिया

नेपाली हरुको महान चाड दशै नेपाल भित्र मात्रै नभई विदेशमा पनि मनाउन थालिएको छ ।
देशको परिस्थिति, घर परिवारको पालन पोषण र आर्थिक सम्रिद्दीको लागि आफ्नै देशमा पर्याप्त रोजगारी र ब्यापार
व्यावसायको सहज परिस्थिति नहुदा अहिले दिनहु हजारौको संख्यामा बिदेशिनु बाध्य नेपालीहरुले प्रवाशमा पनि
समयानुकुल मिलाएर दशैँ, तिहार, तीज जस्ता ठुला पर्बहरु मनाउन थालेकाछन । असत्य माथि सत्यको जीत भन्ने मान्यता
मा मनाइने दशै आफु भन्दा ठुला बडाको हात बाट टिका, जमरा, दक्षिणा र आशिर्वाद ग्रहण गरिन्छ।

यसै गरि साउदी स्थित खमिस मुशैतमा गोर्खा नेपाली रेस्टुरेन्टमा गैरआवासीय नेपाली संघ, अभा खमिस -जिजान क्षेत्रीय
समन्वय समितिका अध्यक्ष श्री शंकर पौडेल द्वारा होटेलमा आउनु भएको नेपाली दाजु भाइ र दिदि बहिनीहरु लाइ टिका,
जमरा र दक्षिणा प्रदान गर्नु भयो टिका लागाउनैको लागि भनेर टाढा टाढा बाट पनि धेरै नेपालीहरु हरु जम्मा हुनु भएको
कार्यक्रममा सबैजना हर्सोल्लासमय देखिन्थे ।टिका पश्चात गोर्खा रेस्टुरेन्ट को तर्फ बाट भोजनको पनि व्यवस्था गरिएको
थियो ।विदेशमा पनि आफ्नो चाड पर्व सम्झेर निराश हुन् नपरोस भनेर आयोजना गरिएको होटेल संचालक रेशम श्रेष्ठ ले बताउनु
भयो ।

यसै गरि खमिस मुशैत र अभास्थित पाण्डा सुपर मार्केट कम्पनीका नेपाली हरुलेपनि धुम धामका साथ दशैं मनाए । अरु
कम्पनीका साथीहरुलाइ पनि निमन्त्रणा गरि ठुलो संख्यामा कम्पनीकै आवासमा उपस्थित भएका नेपाली मात्र नभई भारत,
पाकिस्तानी, बंगाली, श्रीलंकनहरुले पनि सामेल भै दशैको खुसि आदान प्रदान गरेका थिए । उल्लेख्य संख्यामा उपस्थित
हरुले टिका पश्चात केहि नाच गान र भोजनको व्यवस्था गरिएको थियो । प्रवासमा पनि दशैं मनाउन पाएकोमा सबै हर्षित
थिए भने घर परिवारको यादले केहि भावुक पनि थिए । धेरै बर्ष देखि हरेक साल पाण्डा कम्पनीका नेपालीहरुले यसरि दशैँ
र तिहार मनाउने गरेका छन । खमिस मुशैत स्थित हिमालयन नेपाली रेस्टुरेन्टले पनि दशैं साँझ कार्यक्रम राखी बिबिध नाच गान गरि मनाए ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha