शनिबार, चैत्र १, २०८१ | March 15, 2025

साउदी अरबको रियादस्थित डिमोरा होटेलमा टीका ग्रहण कार्यक्रम

साउदी अरबको रियादस्थित डिमोरा होटेलमा टीका ग्रहण कार्यक्रम

  • Naveen Sanchar

  • शुक्रबार, कार्तिक १०, २०८०

  • 119
    Views
साउदी अरबको रियादस्थित डिमोरा होटेलमा टीका ग्रहण कार्यक्रम

नवीनसञ्चार सम्वाददाता
साउदी अरब । राष्ट्रिय प्रजातन्त्र पार्टी साउदी अरबले  साउदी अरबको रियाद स्थित डिमोरा होटेलमा नेपालीहरुको महान चार्डपर्व बडा दशैको उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित टीका ग्रहण कार्यक्रम भब्यरुपमा आयोजना गरेको थियो। यस कार्यक्रममा एकआपसमा माया-सद्भाव, दु:ख सु:ख, स्वस्थ लाभको कामना सहित हाम्रो देश नेपालमा भएको राजनीतिक हत्या हिंसा र देश प्रतिको गद्दार गर्ने कुनेताहरुको सुबुद्दि आओस देशमा शान्ति छाओस, एक आपसमा सहयोगी भावना बनोस र संसार भरी छरीएर रहेका नेपालीहरु मिलेर देशको विकासमा जोड पुगोस जस्ता विभिन्न महान बिचारहरु प्रस्तुत गरिएको थियो। कार्यक्रमको सभापतित्व रा.प्र.पा पानस साउदी अरबका अध्यक्ष श्री Kuber Humagain ज्युले गर्नु भएको थियो भने कार्यक्रमलाई न्यानो भुमिका दिदै राप्रपा पानस साउदी अरबका महामन्त्री श्री Nabin Mudbhari ज्युले संचालन गर्नु भएको थियो, यसै गरि कार्यक्रमलाई बिशेष महत्त्वपूर्णका साथ अर्थपुर्ण बनाउनको निमित्त राप्रपा पानसका क्षेत्रीय अध्यक्ष श्री अमर सापकोटा ज्युले ठूलो भुमिका निर्भाह गर्नु भएको थियो भने राप्रपा पानस साउदी अरबका उपाध्यक्ष श्री Dhiraj Saud ज्यु लगायत राप्रपा पानस साउदी अरबका सम्पुर्ण देश प्रेमी र राप्रपालाई सधै सहि मार्ग दर्शनमा लैजानको निमित्त सहयोग गर्ने सल्लाहकार र अन्य पदाधिकारी ज्युहरुले कार्यक्रमलाई नेपालीहरुको महान चार्ड बडा दशैको महत्त्व, नेपालीहरुको संस्कार, संस्कृति र धार्मिक सहिष्णुताको बिशेष महत्त्व दर्शाउनु भएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha