मङ्लबार, चैत्र ४, २०८१ | March 18, 2025

गुणस्तरीय शिक्षाको पर्याय बानेश्वर बहुमुखी क्याम्पस

गुणस्तरीय शिक्षाको पर्याय बानेश्वर बहुमुखी क्याम्पस

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक ९, २०८०

  • 535
    Views
गुणस्तरीय शिक्षाको पर्याय बानेश्वर बहुमुखी क्याम्पस

 

काठमाडौँ । गुणस्तरीय, समयसापेक्ष र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले २०४७ सालमा समाजसेवी, बुद्धिजीवी र ख्यातिप्राप्त शिक्षाविद्हरूको समूहले स्थापना गरेको बानेश्वर बहुमुखी क्याम्पसले शिक्षण संस्थाहरुको भीडमा पृथक पहिचान बनाएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त गर्न सफल यस क्याम्पसको शैक्षिक नतिजा हरेक वर्ष उत्कृष्ट छ । यस क्याम्पसमा एमए(सामजशास्त्र), एमएड् (इपीएम र स्वास्थ्य), एमबीएस,बीए, साइकोलोजी, बीबीएस, बीएसडब्लु र प्लस टु तहको समेत पठनपाठन भइरहेको छ ।यो साँचो अर्थमा एक सार्वजनिक क्याम्पस हो किनकि यो शिक्षक र समुदायद्वाराएक गैर–नाफामूलक संस्थाका रूपमा सञ्चालित छ ।स्थापनाकालदेखि नै क्याम्पसले आफ्ना विभिन्न सञ्चालन र विकासका पक्षहरूमा सक्रिय सहभागिताका साथै स्थानीय जनता र समुदायको योगदानलाई परिचालन गर्न सफल भएको क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्का बताउनुहुन्छ ।

अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण यस क्याम्पसले विद्यार्थी र अभिभावकमाझ बेग्लै छाप छाड्न सफल भएको छ ।लामो शैक्षिक इतिहासमा आफूलाई सधैं अब्बल राख्न बानेश्वर क्याम्पसले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ । निश्चित कोटामा राम्रा विद्यार्थी भर्ना लिएर उच्च प्रतिफल हासिल गर्नु बानेश्वर क्याम्पसको प्रमुख विशेषता हो । यस क्याम्पस विद्यार्थीलाई पढाउनेभन्दा पनि कसरी पढ्ने भनेर सिकाउने गर्दछ ।

उत्कृष्ट शैक्षिक नतिजाका निम्ति अहोरात्र मेहनत गर्ने यो संस्थाले गुणस्तरीय शिक्षाका लागि ‘पूर्ण समय’ लगानी गरेको छ । अत्याधुनिक शिक्षण पद्धति, कुशल व्यवस्थापकीय समूह र दक्ष तथा अनुभवी प्राध्यापक यो कलेजका विशेषता हुन्। जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता हो भन्ने बानेश्वर क्याम्पसको मान्यता छ । आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण यो क्याम्पसले काठमाडौं उपत्यकाभित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेजका रुपमा आफ्नो पहिचान बनाइसकेको छ ।

विद्यार्थीले परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै यस क्याम्पसको सफलताका रुपमा लिन सकिन्छ । अन्तक्र्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने बानेश्वर क्याम्पसमा उत्कृष्ट प्राध्यापकको टोली छ। यही कारणले मुलुकभरका अब्बल विद्यार्थीको रोजाईमा यो क्याम्पस पर्न सफल भएको छ । अनुशासित वातावरण र न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न बानेश्वर बहुमुखी क्याम्स उचित विकल्प हो भन्नेमा दुईमत छैन ।आन्तरिक परीक्षामा विशेष ध्यान दिँदै आएको बानेश्वर बहुमुखी क्याम्पसले अतिरिक्त क्रियाकलाप र काउन्सिलिङलाई समेत उत्तिकै प्राथमिकता दिँदै आएको छ । हरेक हप्ता यस क्याम्पसमा कुनै न कुनै रचनात्मक कार्यक्रम आयोजना भएकै हुन्छ । यस क्याम्पसमा खेलकुद, प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम र शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन् ।कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गरिरहेको हुन्छ। विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि बानेश्वर क्याम्पसमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन्। हरेक विद्यार्थीलाई पढाइसँगै प्रस्तुतिमा अब्बल बनाउनेतर्फ कलेज केन्द्रित रहेको छ ।


विद्यार्थीमैत्री कक्षाकोठा, क्यान्टिन, लाइब्रेरी, कम्प्युटर ल्याबका साथै कलेजको आफ्नै स्वामित्वमा अत्याधुनिक भौतिक संरचना, खेल मैदानलगायत सुविधाले बानेश्वर क्याम्पसमा विद्यार्थीको अध्ययनलाई बहुआयामिक बनाउने गर्छन्।भर्नाका लागि देशभरबाट वर्षेनी ठूलो संख्यामा विद्यार्थी र अभिभावक बानेश्वर बहुमुखी क्याम्पस पुग्ने गरेका छन् ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha