शुक्रबार, मंसिर १५, २०८० | December 1, 2023

कतारको दोहामा दशैँको रौनक, विविधतामा एकताको सन्देश दिँदै लगाइयो टीका

कतारको दोहामा दशैँको रौनक, विविधतामा एकताको सन्देश दिँदै लगाइयो टीका

  • Naveen Sanchar

  • बुधबार, कार्तिक ८, २०८०

  • 130
    Views
कतारको दोहामा दशैँको रौनक, विविधतामा एकताको सन्देश दिँदै लगाइयो टीका

नवीनसञ्चार सम्वाददाता
दोहा । नेपालीको महान पर्व विजया दशमीको पावन अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा टीका ग्रहण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाली राजदूतावासको कतारको सभाहलमा सयौं आस्थावानको उपस्थितिमा, शुभ साइत बिहान ९ः५९ बजे नै टिका ग्रहण कार्यक्रम सुचारु गरिएको हो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक एवं पूर्व उपाध्यक्ष सागर नेपाल, आईसीसी सदस्य प्रेम चलाउने, एनआरएनए एनसीसी कतार अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता पत्रकार लगायत नेपाली दाजु भाइ दिदिबहिनी हरुको उपस्थिति रहेको थियो ।विभिन्न धर्म, जातजाति, भाषा र समुदायकाबीच पिन हाम्रा विभिन्न राष्ट्रिय चाडपर्वले हामीलाई एकताको सूत्रमा बाँधेर राखेका बताउदै एनसीसी कतारले प्रवासमा रहेर पनि धर्म र संस्कृतीको संरक्षण गर्न प्रतिवद्ध रहोस भन्ने विभिन्न व्यक्ती हरुले कामना गरेका थिए ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दशमी अर्थात टीका ग्रहण गर्ने दिनलाई मानिन्छ ।उपस्थित जनलाई एनसीसी कतार अध्यक्ष रमेश भट्ट गैरआवासीय नेपाली संघका संस्थापक एवं पुर्व उपाध्यक्ष सागर नेपाल, एनसीसी कतार प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायतले टीका सहित आशिर्वाद दिएकाथिए । हरेक वर्ष एन सी सी कतारले नेपाली राष्ट्रिय पर्वमा विशेष कार्यक्रम आयोजना गरेर नेपाली संस्कृतिलाई जगेर्ना गर्नका निम्ति प्रवासमा रहेर पनि सामूहिक हरेक समुदायलाई समेटेर मनाउने एन सी सी कतारका सचिव रोशन अर्यालले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha