
नवीनसञ्चार सम्वाददाता
साउदी अरब । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति – जिजान, अभा–खमिसले खमिस मुशैतको क्रिस्टल हलमा श्रमिक सचेतना तथा बिजया दशमी २०८० को शुभ कामना साथै स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली राजदुतावास रियादबाट पाल्नु भएको महामहिम राजदुत नवराज सुबेदी प्रमुख अतिथि र नेपाली महावाणिज्य दुतावास जेद्दाका कार्यवाहक वाणिज्यदुत शत्रुघ्वन पोखरेलज्यू बिशेस अतिथि रहेको कार्यक्रममा नेपाली दुताबास रियादका श्रम काउन्सेलर देबेन्द्र कार्की, जेद्दा महावाणिज्यदूताबासका श्रम सहचारी ताम्रा राज काफ्ले, स्थानीय संघ संस्थाका अध्यक्षका साथै रियादबाट ग्लोबल आइएमइ बैंकका जिसिसि कोर्डिनेटर तथा एनआरएनए आइसिसी सदस्य राम बहादुर क्षेत्री, बर्तमान एनसीसी उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ, समाजसेवी आशिस गैरे, रेवत अधिकारी, याम तमु , नेत्र पराजुली, दिपक गौतम, दावा शेर्पा, कृष्ण दाहालले अतिथिको रुपमा शुभकामना मन्तब्य दिनु भएको थियो । अतिथि ग्रहण कार्यक्रममा सीतला रावल क्षेत्री र उर्मिला थामीले अतिथिलाई खादा र दोसल्ला प्रदान गर्न सहयोग गर्नु भएको थियो ।
एनआरएनए आरसिसी जिजान–अभा खमिसका अध्यक्ष शंकर पौडेलको सभापतित्व रहेको कार्यक्रममा आरसीसीका उपाध्यक्ष होम नाथ रेग्मीले कार्यक्रम संचालन गर्नु भएको थियो भने आरसिसिकै सल्लाहकार याम गैरेले स्वागत मन्तब्य दिनु भएको थियो । कार्यक्रममा स्थानीय कलाकार अर्जुन राई, अनिता सुब्बा, दिल मगर, साइमन माया, लक्ष्मी चौधरी , कृष्ण मल्ल, रुपेश बिक, प्रेम माझी, चन्द्र राई, अनुषा जर्घा मगर का साथै अन्य सम्पूर्ण कलाकारहरुले आफ्नो कला प्रदर्शन गरि कार्यक्रमको रौनकता बढाउन सहयोग गर्नु भएको थियो ।
बिजया दशमीको शुभ–कामना आदान प्रदान र म्याद सकिएको राहदानी नविकरण साथै श्रमिक सचेतनाकार्यक्रममा ३५० जनाको उपस्थिति रहेको कार्यक्रममा एनसीसीका अध्यक्ष रबिना अर्यालले अनलाइन माध्यमबाट शूभ–कामना दिनु भएको थियो भने नेपाली राजदुताबास रियाद बाट पाल्नु भएको श्रम काउन्सेलर देबेन्द्र काकी जेद्दा महावाणिज्यदुताबासका श्रम सहचारी ताम्रा राज काफ्लेले श्रमिककाबारेमा जानकारी साथै सचेतना र नीति नियम बारे बोल्नु भएको थियो । यसै गरि ग्लोबल आइएमइ बैंकको तर्फ बाट राम बहादुर क्षेत्रीले वित्तीय सक्षरताबारे विदेशमा दुःख गरेर कमाएको पैसा कसरी सुरक्षित नेपाल पठाउने भन्नेबारे जानकारी दिनु भएको थियो ।
शुभ कामना आदान प्रदान तथा श्रमिक साक्षरताबारे जेद्दा महावाणिज्यदुताबासका कार्यबाहक महावाणिज्यदुत शत्रुध्वन पोखरेलूले दुतावासको सेवाकै लागि दुर दराज क्षेत्रबाट जेद्दा जानु नपरोस भनेर यस किसिसमको घुम्ती सेवा एनआरएनए स्थानीय तहको सहयोगमा गरिएको र आगामी दिनमा पनि यसै गरि सहकार्य गरिने जानकारी दिनु भयो । जेद्दा महावाणिदुतावासमा पर्ने उत्तरी क्षेत्र ताबुक शहर देखि दक्षिणी क्षेत्रका शहर जिजान, अभा–खमिस, नजरान सबै क्षेत्रमा नेपाली श्रमिकहरुको समस्या समाधान र निराकरण गरिरहेको र बिगत ३ बर्षदेखि जेलमा रहेको दुर्गा बहादुर सुनारको उद्दार गरि नेपाल पठाउन लागेको पनि जानकारी दिनु भयो ।
प्रमुख अतिथि नेपाली राजदुतावास रियादबाट पाल्नु भएको महामहिम राजदुत नवराज सुबेदीले मन्तब्य कै क्रममा अभा–खमिस रियादको क्षेत्राधिकार नभएपनि श्रमिक सम्बन्धित सचेतना कार्यक्रम भएकोले उपस्थिति हुनु पर्छ भनेर उपस्थिति जनाउनु भएको बताउनु भयो । धेरै संख्यामा नेपाली दाजु भाइ र दिदि बहिनीहरुहरु विभिन्न मुलुकमा रोजगारको लागि आफ्नो शिप, क्षमता स्वोरोजगारमा हुदा हुदै पनि विभिन्न कारणवस बिदेश जानु परेकोले बिदेशिएका छौ । तेसैले भनिन्छ कि आधा नेपाल नेपालमा अनि आधा नेपाल विदेशमा भएकोले नेपाल सरकारको ध्यान पनि विदेशमा रहेका नेपालीहरुको हक, हित र सुरक्षा र वैदेशिक रोजगार सम्बन्धित निकै चासो बढेको बताउनु भयो ।
एनआरएनए क्षेत्रीय सम्मेलनमा नेपाल सरकारका प्रधानमन्त्रीको सक्रियतामा अर्थ मन्त्रालय, पररास्ट्र मन्त्रालय, श्रम मन्त्रालय र श्रम गन्तब्य १२ देशका सबै नियोगका अधिकारीहरु मिलेर कसरी बैदेशिक रोजगारीमा रहेका नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुको हक, हित, सुरक्षा, सहजीकरण र दुर्घटना भएमा उद्दार र कामदारको पक्षमा सहयोग गर्ने उपाय बारे सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । गैरआवासीय नेपाली संघका सबै तहद्वारा यस विषयलाई सहजीकरणबारे नेपाल सरकारसंग सहकार्य गरिरहेकोमा धन्यवाद दिनु भयो ।
यसै गरि २०२३–२५ कार्यकालको जिजान, अभा–खमिस क्षेत्रीय समन्वय समितिका सम्पूर्ण निर्वाचित पदाधिकारीलाई एनसीसी द्वारा हार्दिक बधाई ज्ञापन पत्र महामहिम राजदुत र कार्यवाहक महावाणिज्यदूतबाट हस्तान्तरण गरिएको थियो ।
नियोगबाट घुम्ती सेवा र अन्य विभिन्न सहजीकरण, सरलीकरण साथै पिडित श्रमिकहरुको उद्दारमा अग्रणी भूमिका निर्वाह गर्नु भएको साथै जिजान, अभा–खमिस ले आयोजना गरिएको दशैँको शुभ कामना आदान प्रदानमा उपस्थित भइ कार्यक्रमको शोभा बढाईदिनु भएकोमा सः धन्वाद सहित मायाको चिनो राजदुत नवराज सुवेदी र कार्यवाहक महावाणिज्यदुत शत्रुध्वन पोखरेललाइ जिजान, अभा–खमिस समितिका तर्फ बाट प्रदान गरियो ।
यस कार्यक्रममा प्रायोजकको रुपमा नेपाली गोर्खा रेस्टुरेन्टका संचालक रेशम लाल श्रेष्ठले आर्थिक सहयोग साथै चियापान र खादाको व्यवस्थापन गर्नु भएको थियो, जजीरा कम्पनीका अर्जुन राइले सांगीतिक कार्यक्रमको व्यवस्थापन साथै समितिकै सदस्यज्यु सन्तोष सुनारले पिउने पानीको व्यवस्थापन र अलमराईका सबिन राईबाट नास्ताको व्यवस्थापन गर्नुभएको थियो । प्राबिधिकका साथै अन्य कार्यालयीय काममा अर्जुन उपाध्याय, लाल बहादुर मगर र निर्दोष रिमालको योगदान रहेको थियो ।
अन्तमा कार्यक्रमका सभापतित्व गर्नु भएका एनआरएनए आरसिसि जिजान–अभा खमिसका अध्यक्ष तथा जेद्दा महावाणिज्यदूतावासका अभा–खमिसका लागि अवैतानिक प्रतिनिधि शंकर पौडेलले नियोगका सम्पूर्ण पदाधिकारीलाई कार्यक्रममा उपस्थित हुनु भएकोमा बिशेस धन्यवाद दिनु भएको थियो ।। साथै कार्यक्रम सफल पार्न आहोरात्र खटिएको जिजान, अभा–खमिसका सम्पूर्ण पदाधिकारी, स्वयम् सेवक , कलाकार, सम्पूर्ण अतिथि, कार्यक्रम मा प्रायोजित गर्नु हुने व्यक्तित्व तथा संस्थाका पदाधिकारी , विविध कार्यम खटिएका र अन्य सहयोगी दाता लाइ पनि धन्यवाद दिनु भयो ।
यसै कार्यक्रममा दक्षिणी भेगस्थित कार्यक्षेत्रमा रहेका २५० जना नेपालीले पुरानो राहदानीको नविकरण र नविकरण भएर आएको राहदानी प्राप्त गरि सेवाको लाभ लिनु भएको थियो ।नेपाली नियोग जेद्दाका कर्मचार राजुजी, दिनेशजी, अतउल्लाजी, जमालजीको अतुलनीय भूमिकाले गर्दा राहदानी नवीकरण कार्य सहजताकासाथ सम्पन्न भएको थियो ।
उपस्थित सम्पूर्ण लाइ धन्यवाद दिदै यसै गरि आगामी दिनमापनि नेपाली श्रमिकको सेवा, सुबिधा र भैपरी आएको खण्डमा नियोगसंग समन्वय गरि सहयोग गर्ने प्रतिबद्दता गर्दै कार्यक्रम समापन भएको थियो ।