मङ्लबार, असार २, २०८३ | June 16, 2026

नागार्जुन-५ मा बजार अनुगमन

नागार्जुन-५ मा बजार अनुगमन

  • Naveen Sanchar

  • शुक्रबार, अशोज १९, २०८०

  • 679
    Views
नागार्जुन-५ मा बजार अनुगमन

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नागार्जुन नगरपालिका वडा नम्बर ५ मा बजार अनुगमन गरिएको छ । वडा अध्यक्ष महेश रिमालको पहलमा वडा सदस्य ,नगरपालिकाका शाखा प्रमुख, तथा कर्मचारीको उपस्थितमा वडास्थित व्यापार व्यवसायको अनुगमन गरिएको हो। अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका कुनै कार्य भएको भेटिए कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने वडा अध्यक्ष रिमालले बताउनुभयो । मूल्य सूची नराखेका, नियमक निकायमा दर्ता र नवीकरण नगरेका व्यवसायीको निगरानी गरिने उहाँले जानकारी दिनुभयो । खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, औषधि, मासु र अन्य सेवा प्रदायक निकायको अनुगमनलाई नियमित र अनिवार्य बनाउने वडा कार्यालयले जनाएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha