
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रष्फुटनका लागि विजया दशमी,शुभ दीपावली, छठ लगायतका पर्वको पूर्वसन्ध्यामा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी असोज २४ गते बिहान ६ः३० बजे क्याम्पस प्राङ्गणमा आयोजना हुने शुभकामना आदान प्रदान तथा नृत्य प्रतियोगितामा सहभागी भइदिन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई क्याम्पस प्रशासनले अनुरोध गरेको छ । नृत्य प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद पुरस्कार तथा प्रशंसा पत्रको व्यवस्था गरिएको क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले बताउनुभयो । प्रतियोगीले गीतको बोल र सहभागीको नाम असोज २२ गतेभित्र दर्ता गरिसक्नुपर्ने क्याम्पस प्रमुख खड्काले जानकारी दिनुभयो ।
गीत नेपालीको मौलिक भाषा, संस्कृति,रहनसहनसँग सम्बन्धित हुनुपर्ने, नृत्य एकल वा बढीमा ६ जनाको समूहमा प्रस्तुत गर्न सकिने र पोशाकको व्यवस्था सहभागीले स्वयं गर्नुपर्ने क्याम्पसले जनाएको छ ।
हेर्नुहोस् सूचनाः