बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

निक्षेप तथा सुरक्षण कोषको स्वर्ण महोत्सव सम्पन्न

निक्षेप तथा सुरक्षण कोषको स्वर्ण महोत्सव सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, अशोज ६, २०८०

  • 250
    Views
निक्षेप तथा सुरक्षण कोषको स्वर्ण महोत्सव सम्पन्न

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख भएको बताउनुभयो । अर्थमन्त्री डा. महतले आर्थिक परिसूचक सन्तोषजक देखिएकोे र विप्रेषणको स्थिति राम्रो भएकोले मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशमै लगानीमैत्री वातावरण निर्माणका पक्षमा अहोेरात्र क्रियाशील सरकारलाई साथ दिन सबैसँग अनुरोध गर्नुभयो ।कोषका अध्यक्ष राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र ,कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे लगायतका वक्ताले कोषको योगदानबारे चर्चा गर्नुभएको थियो । समारोहमा कोषको स्मारिका सञ्जीवनीको विमोचन गरिएको थियो ।कार्यक्रममा कोषमा लामो समयदेखि कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, उत्कृष्ट कर्मचारीलाई कदरपत्र र अतिरिक्त क्रियाकलापमा विजयी कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

=====================PLEASE FEEL FREE TO CONTACT US==========


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha