सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

एनएमबि बुद्ध भिसा डेबिट कार्डले यात्रा सहज हुने

एनएमबि बुद्ध भिसा डेबिट कार्डले यात्रा सहज हुने

  • Naveen Sanchar

  • बिहिबार, अशोज ४, २०८०

  • 78
    Views
एनएमबि बुद्ध भिसा डेबिट कार्डले यात्रा सहज हुने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । सो कार्डले ग्राहकको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएका छन् । को–ब्रान्डेड डेविट कार्डका ग्राहकले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउन्टर एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् ।
एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकलाई शत प्रतिशत भाडा (एक सय प्रतिशत क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्तालाई प्रदान गरिएको छ ।एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।

=====================PLEASE FEEL FREE TO CONTACT US==========


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha