
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । बहराइनमा गैरआवसायीय नेपालीलाई चर्चित लोक गायिका टीका पुनले नचाउने भएकी छन् । नेपाली नारीको महान पर्व हरितालिका (तीज)को अवसरमा गैरआवासीय नेपाली, संघ राष्ट्रिय समन्वय परिषद, बहराईनले आयोजना गर्ने तीज विशेष कार्यक्रम २०२३ मा गायिका पुनले धुम मचाउने भएकी हुन् । कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति समेत रहनेछ । बहराइनको अँधेरी पार्क (अन्सार ग्यालरीको ठिक अगाडि) अपरान्ह १ बजे कार्यक्रम सुरु हुनेछ । महिलाको लागि प्रवेश निःशुल्क छ भने पुरुषका लागि ३ दिनार शुल्क राखिएको आयोजकले जनाएका छन् । विदेशमा काम गर्दाको थकानबाट राहत दिँदै नेपालको मौलिक संस्कृतिको स्मरण तथा महिला सशक्तीकरणको सन्देश दिन आयोजित कार्यक्रममा सहभागी भइदिन सबैलाई आयोजक संस्थाले अनुरोध गरेको छ ।
=====================PLEASE FEEL FREE TO CONTACT US==========