आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

हर्मोनल रोगपीडित मीरा थापालाई बलराम सापकोटाको सहयोग

हर्मोनल रोगपीडित मीरा थापालाई बलराम सापकोटाको सहयोग

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 701
    Views
हर्मोनल रोगपीडित मीरा थापालाई बलराम सापकोटाको सहयोग

माल्टा । समाजसेवी बलराम सापकोटाले माल्टाबासी नेपालीको तर्फबाट संकलित ७२५०० गोरखा जिल्ला, बारपाक सुलिकोट गाउँ पालिका, वडा नं। ५, लाकुरीबोट निवासी टेक बहादुर थापा (थरी जेठा)को छोरी समृद्ध ताकु युवा समाजको आजीवन सदस्य २९ बर्षीय मीरा थापालाई अति दुर्लभ हर्मोनल रोगको उपचारका लागि सहयोग हस्तान्तरण गर्नुभएको छ । उक्त रोगका कारण टाउको र मृगौला को उपचार तथा अप्रेसन नेपालमा सम्भव नभएपछि थापा शिक्षण अस्पताल महाराजगञ्जको रिफरमा भारतको नयाँदिल्लीस्थित अल इण्डिया ईस्टिच्युट अफ मेडिकल साईन्सेजमा उपचाररत हुनुहुन्छ । उहाँको टाउको र मृगौला अप्रेसनको लागि १० देखि १२ लाख रुपैयाँसम्म लाग्ने र उहाँको घरको आर्थिक अवस्था कमजोर भएकाले बिरामीको बैंक खाता नम्बरमा रकम जम्मा गरी उहाँको जीवन रक्षाको लागि सहयोग गरिदिन समृद्ध ताकु युवा समाजले अनुरोध गरेको छ । (असीम लोप्चन तामाङबाट)

=====================PLEASE FEEL FREE TO CONTACT US==========


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha