शुक्रबार, मंसिर १५, २०८० | December 1, 2023

ओसियाना क्षेत्रीय संयोजकको लागि अष्ट्रेलियाबाट अरुण कुमार ठाकुरको उम्मेद्वारी

ओसियाना क्षेत्रीय संयोजकको लागि अष्ट्रेलियाबाट अरुण कुमार ठाकुरको उम्मेद्वारी

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 248
    Views
ओसियाना क्षेत्रीय संयोजकको लागि अष्ट्रेलियाबाट अरुण कुमार ठाकुरको उम्मेद्वारी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ओसियाना क्षेत्रीय संयोजकको लागि अष्ट्रेलियाबाट अरुण कुमार ठाकुरले उम्मेद्वारी घोषणा गर्नुभएको छ। आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाडौँमा हुने एनआरएनएको विश्व सम्मेलनमा अस्ट्रेलियाबाट ठाकुरले ओसियाना क्षेत्रको संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।अष्ट्रेलिया न्यूजीलैण्ड, पपुया नयु गिनिया लगायतका देशहरूमा नेपालीको बसोवास बढिरहेको र ती देशमा रहेका नेपालीले आर्जन गरेका सीप ज्ञान र अर्थलाई मातृभूमिको विकासको लागि नेपालका सरोकारवाला र ती देशका सरोकारवालासँग सेतुका रुपमा कार्य गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।उहाँले गैरआवासीय नेपालीको सहयोगमा नेपालमा पर्यटन प्रवर्द्धन, सांस्कृतिक प्रवर्द्धनको लागि विशेष पहल गर्ने, फ़िजी र भेनुयाटुमा एनआरएनएको शाखा विस्तारको लागि पहल गर्ने समेत जानकारी दिनुभयो । एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहँदै आउनुभएका ठाकुर एनआरएनए अष्ट्रेलियाका कार्य समिति सदस्य, एनआरएनए ग्लोबलका अन्तर्राष्ट्रिय समन्वय परिषदको रहिसक्नुभएको छ । उहाँले एनआरएनए अभियानमा दशकौँ काम गरिसकेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha