बुधबार, चैत्र १८, २०८२ | April 1, 2026

कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सम्झौता

कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सम्झौता

  • Naveen Sanchar

  • मङ्लबार, अशोज २, २०८०

  • 274
    Views
कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सम्झौता

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । व्यवसायिक सहकार्यको लागि कृषि विकास बैंक लिमिटेड र घरघरमा डाक्टर प्रालिबीच सम्झौता भएको छ । घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले हस्ताक्षर गर्नुभएको सम्झौताअनुसार घरघरमा डाक्टरले रोग निदान तथा प्रतिरक्षाका लागि सल्लाह सहितको उपचराको व्यवस्था गर्ने भएको छ । त्यसैगरी बैंकले ग्राहकको पाँच लाख दुर्घटना बीमा सहितको बैंक खाता खोली सहजता कायम गर्ने जनाएको छ।
उक्त सहकार्यले सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धममा परामर्श तथा उपचार पद्धतिका बारेमा जनचेतना अभिवृद्धि भई अकालमा नागरिकको ज्यान जान नदिन सहयोग पुग्ने बैंकका कम्पनी सचिव हिमलाल पौडेलले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha