शनिबार, मंसिर २३, २०८० | December 9, 2023

एनएमबि बैंकद्वारा डिजी स्टेशनको सुरुवात

एनएमबि बैंकद्वारा डिजी स्टेशनको सुरुवात

  • Naveen Sanchar

  • मङ्लबार, अशोज २, २०८०

  • 55
    Views
एनएमबि बैंकद्वारा डिजी स्टेशनको सुरुवात

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक डिजी स्टेशनको सञ्चालनमा ल्याएको छ । ग्राहकहलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको सो स्टेशनमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायताबिना गर्न सकिने बैंकले जनाएको छ ।बैंकले प्रथम चरणको डिजी स्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि संचालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले रू १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ। साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नया चेकको आवेदन र क्लियारिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ ।
आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा एटिएम मेसिनको सुविधा हुदा ग्राहक वर्गका अधिकांश बैंकिङ आवश्यकता स्वचिलत ढंगले छिटो छरितो माध्यमबाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ।
ूडिजी स्टेशनू को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha