
काठमाडौँ । कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित वृहद् रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा कोषका सञ्चयकर्ता, कर्मचारी र अन्य रक्तदाताले रक्तदान गर्नुभएको थियो । रक्तदातालाई अतिरिक्त क्रियाकलाप उपसमितिले प्रमाणपत्र समेत वितरण गरेको जनाएको छ ।