मङ्लबार, चैत्र ११, २०८१ | March 25, 2025

चारवर्षदेखि साउदी अरबमा समस्या झेलेका खत्बे नेपाल प्रस्थान

चारवर्षदेखि साउदी अरबमा समस्या झेलेका खत्बे नेपाल प्रस्थान

  • Naveen Sanchar

  • बिहिबार, भदौ २८, २०८०

  • 703
    Views
चारवर्षदेखि साउदी अरबमा समस्या झेलेका खत्बे नेपाल प्रस्थान

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलमा चार वर्षअघि साउदी अरबको बन्दर अल जाईदी कम्पनी अल कासिम गएका सप्तरी जिल्ला घर भएका लक्ष्मी खाङ खत्बे नेपाल फर्किनुभएको छ । सन् २०१९ मा साउदी अरब पुग्नुभएका उहाँले १२ महिना सोही बंन्दर अल जाइदी कम्पनी अन्तर्गत काम गर्नुभएको थियो । एक वर्षे अकामाको म्याद सकिएपछि कम्पनीले अकामा नबनाई गैरकानुनी रुपमा काम लगाएको र ६ महिनासम्म तलब समेत नदिएकोले बाध्य भएर कम्पनीबाट भागेर काम गर्दै गरेको उहाँले बताउनुभयो ।नेपाली राजदुतावास रियादका अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य विशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिम अध्यक्ष कृष्ण अधिकारी सहयोगमा खत्बे नेपाल नेपाल प्रस्थान गर्नुभएको हो । हालै आफ्नी आमाको मृत्युको दःखद समाचार आएपछि उहाँ नेपाली राजदुतावास रियाद बाट बहिर्गमन भिषाको सिफारिस पत्र लिएर अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य  श्रेष्ठको सम्पर्कमा ३ सेप्टेम्बर आएपछि सोही दिन बुरैदास्थित श्रमिक अदालतमा बहिर्गमन भिसाको लागि आवेदन गरिएको थियो । नौ दिनको प्रयासपछि ११ सेप्टेम्बरका दिन बहिर्गमन भिसा प्राप्त गरी १४ सप्टेम्बरका दिन उहाँ फ्लाई दुबईको विमानबाट नेपाल प्रस्थान गर्नुभएको गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha