शनिबार, मंसिर १६, २०८० | December 2, 2023

गैरआवासीय नेपाली संघद्वारा नेम्बाङको निधनप्रति दुःख व्यक्त

गैरआवासीय नेपाली संघद्वारा नेम्बाङको निधनप्रति दुःख व्यक्त

  • Naveen Sanchar

  • मङ्लबार, भदौ २६, २०८०

  • 184
    Views
गैरआवासीय नेपाली संघद्वारा नेम्बाङको निधनप्रति दुःख व्यक्त

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघले संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख  सुवासचन्द्र नेम्बाङको अप्रत्यासित निधनको खबरले मर्माहत र स्तब्ध भएको जनाएको छ । गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीसँग सदैव सद्भाव राख्ने, निकै शालिन र भद्र स्वभावका नेम्वाङको निधनले समग्र नेपाल र नेपालीलाई अपूरणीय क्षति पु-याएको संघले उल्लेख गरेको छ । गैरआवासीय नेपाली नागरिकताको माग लगायत गैरआवासीय नेपालीका अन्य सरोकार सम्बोधनका लागि उहाँले निर्वाह गर्नुभएको सक्रिय, सन्तुलित र समन्वयकारी भूमिका सदा स्मरणीय रहने संघको भनाई छ । भौतिक रुपमा हामीमाझ नरहेपनि उहाँको असल कर्म र योगदानलाई सदा सम्झिरहन भन्दै संघले यस दुःखद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामनासहित दिवंगत आत्माप्रति
श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha