शुक्रबार, बैशाख १२, २०८२ | April 25, 2025

मोना बहराइनको नयाँ कार्यसमितिले सशक्त ढंगले कार्य गर्ने

मोना बहराइनको नयाँ कार्यसमितिले सशक्त ढंगले कार्य गर्ने

  • Naveen Sanchar

  • शनिबार, भदौ २३, २०८०

  • 131
    Views
मोना बहराइनको नयाँ कार्यसमितिले सशक्त ढंगले कार्य गर्ने

काठमाडौँ । म्याग्दीका प्रवासी नेपालीको संस्था मोना बहराइनले नयाँ नेतृत्व पाएको छ । संस्थाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले म्याग्देली लगायत सम्पूर्ण प्रवासी नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाको अध्यक्षमा विश्व पाइजा निर्वाचित हुनुभएको छ । मोना बहराइनले दिएको जानकारी अनुसार नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी गम शेरचनले पाउनुभएको छ ।महासचिवमा लक्ष्मण बि.क. चयन हुनुभएको छ। महिला वरिष्ठ उपाध्यक्ष विष्णु रकाल, महिला उपाध्यक्ष नरदेवी पुन, उपाध्यक्ष ज्ञान पुन मगर र हेम बहादुर केसी रहनुभएको छ । त्यसैगरी सचिव शिव बि.क, सहसचिव केश बुढाथोकी, कोषाध्यक्ष अर्जुन बराइली चयन हुनुभएको छ ।संस्थाको १३ औँ महाधिवेशनले विभिन्न विषयगत समिति पनि चयन गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha