
काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समन्वय समिति,जिजान अभा खामिस, साउदी अरेबियाको आयोजनामा आगमाी शुक्रबार सेप्टेम्वर १५ तारिखका दिन दिनको १ बजे क्रिष्टल हल, खामिस मुसायतमा नेपाली महिलाको महान पर्व हरितालिका (तीज) विशेष कार्यक्रम हुने भएको छ । समारोहमा सहभागी भई कार्यक्रम भव्यतापूर्वक सफल पारिदिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आयोजकले अनुरोध गरेका छन् ।