बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कृषि विकास बैंकद्वारा नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस मोवाईल बैंकिङ प्रारम्भ

कृषि विकास बैंकद्वारा नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस मोवाईल बैंकिङ प्रारम्भ

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 211
    Views
कृषि विकास बैंकद्वारा नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस मोवाईल बैंकिङ प्रारम्भ

काठमाडौँ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । ‘ डिजिटल्ली एडिबिएल’ नामक नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ । बैंकले मोवाईल बैकिङ सिस्टम अपग्रेड गरेको जनाएको छ । बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस सार्वजनिक गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो । बैंकको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस मोवाईल बैंकिङमा देहाय बमोजिमका सुविधा रहने बैंकले जनाएको छ ।
 मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सीमा कायम हुने ।
 बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा म्याचुरिटी मिति हेर्न सकिने ।
 विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न सकिने ।
 मोवाईलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको ।
 ग्राहक सेवामा देखिएका समस्या तथा जानकारी सम्प्रेषण गर्न सकिने गरी कस्टमर फिडब्यक सम्वन्धि व्यवस्था गरिएको ।

 बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोवाईल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने ।
 डेविट कार्डको पिन विर्सेमा पुनः अनुरोध गर्न सकिने ।
 चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने ।
 वचत खातामा भएको रकमबाट मुद्धती खाता खोल्न सकिने ।
 रजिष्ट्रेशन गर्दाका वखतनै विभिन्न प्रश्न सेट गरी मोवाईल बैंकिङ कारोवारलाई थप सुरक्षीत गर्न सकिने ।
 टु वे अथेन्टिकेसन गरी कारोवारको सुरक्षा गर्न सकिने ।
 खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरण लगायत अन्य क्विक पेमेण्ट्स् सम्वन्धि विशेषता थप भएको ।
 बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको ।
 विभिन्न मर्चेण्टको विल भुक्तानी गर्न सकिने ।
 अनलाइन अकाउण्ट, व्याजदर, व्रान्च नेटवर्क लगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने
 रजिष्टर्ड मोवाइलबाट ग्राहकले मोवाईल बैंकिङ सेवा वन्द गर्न चाहेमा ब्लक लेखी ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha