शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

अनेसास डेनमार्क च्याप्टरमा नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत

अनेसास डेनमार्क च्याप्टरमा नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत

  • Naveen Sanchar

  • आइतवार, भदौ १७, २०८०

  • 367
    Views
अनेसास डेनमार्क च्याप्टरमा नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)डेनमार्ककोे कोपनहेगनमा सम्पन्न तेश्रो अधिवेशनले पूर्ण बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष रमेश घिमिरे, उपाध्यक्ष प्रदीप पाण्डे, महासचिव विमला शर्मा आचार्य (विद्या) सचिव दीपक ढुंगाना, कोषाध्यक्ष अनुजा गौैतम र सदस्यहरुमा दीपककुमार तिवारी, अजित देवकोटा, कविता अवस्थी, सफल चौलागाईं र ममता कट्टेल रहनुभएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षे रहने नवनिर्वाचित अध्यक्ष बस्नेतले बताउनुभयोे । अनेसास डेनमार्कले हाल मासिकरुपमा अनलाइन पत्रिका र भिडियो पत्रिका पनि प्रकाशन गर्दै आइरहेको छ ।

समाजकी अध्यक्ष सरु ज्ञवाली रेग्मीको सभापतित्वमा सम्पन्न समारोहका प्रमुख अतिथि नेपाली राजदूतावासका राजदूत प्रो. डा. रामस्वार्थ राय हुनुहुन्थ्यो ।कार्यक्रममा कोषाध्यक्षले आर्थिक प्रतिवेदन र सचिव पूर्ण बस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।सो अवसरमा नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिदै एनआरएनएका निवर्तमान अध्यक्ष शैलु अधिकारीले विगतका दिनमा जस्तै आगामी दिनमा पनि आफू साहित्यको यो संस्थालाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अनेसासकी केन्द्रीय उपाध्यक्ष सीता बराल, डेनमार्क च्याप्टरका पूर्वअध्यक्ष श्रष्टा प्रकाश सापकोटा, अनेसासका आजीवन सदस्य कृष्ण सागर सुवेदी, लेखक कृष्ण पौडेल, गैर आवासीय नेपाली संघ डेनमार्कका बरिष्ठ उपाध्यक्ष नील थापा, प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेत, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) डेनमार्कका अध्यक्ष सुदीप साम, क्रिएटिभ नेपलिज वुमन इन डेनमार्ककी रमिता महर्जन प्रधान, रास्वपा डेनमार्कका तर्फबाट दीपक भट्ट लगायतले मन्तव्य सहित आफ्ना रचना प्रस्तुत गर्नुभयो ।

राजदूत रायले आफ्नो मन्तव्यको क्रममा आफ्नो विगतको साहित्यिक माहोल स्मरण गर्दै साहित्यले देशलाई पनि जोड्ने भएकोले अब सम्पूर्ण नेपाली भाषीहरुको एकीकृत कार्यक्रम पनि बन्नुपर्ने सुझाव दिनुभयो । समापन मन्तव्य व्यक्त गर्दै निवर्तमान अध्यक्ष रेग्मीले आगामी कार्यकाललाई जुनसुकै सहयोग गर्न पनि आफू तयार भएको बताउँदै नयाँ कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha