सोमवार, साउन २५, २०८३ | August 10, 2026

नेपाल तामाङ घेदुङ, कतारमा विकास स्याङ्तानको अध्यक्षतामा नयाँ नेतृत्व, सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता

नेपाल तामाङ घेदुङ, कतारमा विकास स्याङ्तानको अध्यक्षतामा नयाँ नेतृत्व, सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता

  • Naveen Sanchar

  • शनिबार, भदौ १६, २०८०

  • 593
    Views
नेपाल तामाङ घेदुङ, कतारमा विकास स्याङ्तानको अध्यक्षतामा नयाँ नेतृत्व, सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता

काठमाडौँ । नेपाल तामाङ घेदुङ, कतारको अध्यक्षमा विकास स्याङ्तान तामाङ निर्वाचित हुनुभएको छ । घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सहअध्यक्ष वाङ्ज्यु लामा, वरिष्ठ उपाध्यक्ष कुमारी बेली गोले तामाङ, उपाध्यक्ष सनक बमजन तामाङ, फुर्वा तामाङ र हिरे तामाङ, महिला उपाध्यक्ष विन्दा कुमारी तामाङ, महासचिव भिमराज स्याङबा, उपमहासचिव कमला दोङ् तामाङ, सचिवद्वय विनय लामा र पूर्णमान तामाङ, कोषाध्यक्ष टीकाराम तामाङ र सहकोषाध्यक्ष रवीन्द्र स्याङ्बो रहनुभएको छ । कार्यसमिति सदस्यहरुमा शर्मिला तामाङ, काले गोले (राजु) तामाङ, श्रीराम मोक्तान तामाङ, वीर बहादुर तामाङ, आईती (सम्झना) तामाङ, आलिक बम्जन तामाङ, वुद्वि बहादुर तामाङ, शुक्र तामाङ, पिपलाल तामाङ, शंकराम तामाङ, लाले गोले तामाङ, मृर्गालाल तामाङ र झन लक्ष्मी तामाङ चयन हुनुभएको घेदुङले जनाएको छ ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले तामाङ जातिको मौलिक संस्कृतिको जगेर्ना, कतार लगायत विदेशमा रहेका तामाङ समुदायका व्यक्ति तथा जनजातिको हक अधिकारका लागि सशक्त ढंगले क्रियाशील रहने प्रतिबद्धता जनाउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha