आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

एनआरएनए किर्गिजस्तानद्वारा गोकर्णमा स्वास्थ्य शिविर

एनआरएनए किर्गिजस्तानद्वारा गोकर्णमा स्वास्थ्य शिविर

  • Naveen Sanchar

  • शुक्रबार, भदौ १५, २०८०

  • 446
    Views
एनआरएनए किर्गिजस्तानद्वारा गोकर्णमा स्वास्थ्य शिविर

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए) एनसीसी किर्गिजस्तानले अजिज फाउन्डेशनसँगको सहकार्यमा काठमाडौंको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा एनआरएनए एनसीसी किर्गिस्तानका उपाध्यक्ष डा.कृष्ण बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रञ्जित थापा मगर, कोषाध्यक्ष मीना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, सदस्य डा. सुरेन्द्र प्रसाद साह, डा. अमित शाह, डा. जीपी शर्मा (आशीष), अजिज फाउण्डेशनका कार्यकारी निर्देशक रोशन भण्डारी, महासचिव छिरिङ शेर्पा, डीआरसी नेपालका कोषाध्यक्ष अम्बिका हुमागाईंको उपस्थिति रहेको थियो।

कार्यक्रममा ३० जना अपाङ्गता भएका बालबालिकाले निशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि र स्वस्थकर खाना वितरण गरिएको थियो। अध्यक्ष डा किशन भण्डारीले कार्यक्रममा उपस्थित हुन असमर्थ भएकोले एक सन्देश पठाई संस्थालाई आगामी दिनमा पनि साथ रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha