
काठमाडौँ । साउदी अरबको रियादस्थित नेपाली राजदूतावासबाट दमाम क्षेत्रमा उद्धारको लागि वहिर्गमन भिसा ( एक्जिट भिसा ) को प्रक्रिया गरिएकामध्ये ६४ जनाको एक्जिट भिसा प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ ।यदि आफ्नो मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान तथा एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु नपर्ने जनाइएको छ ।एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ तथा यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु नपर्ने तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जानकारी दिएको छ । एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा राजदूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न तथा थप जानकारी चाहिएमा मात्र राजदूतावास रियादको सम्पर्क नम्वरमा सम्पर्क गर्न दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।