बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता

नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता

  • Naveen Sanchar

  • शनिबार, भदौ २, २०८०

  • 1.4K
    Views
नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता

नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), राष्ट्रिय समन्वय परिषद साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा खेम गुरुङ चयन हुनुभएको छ । गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिले साउदीस्थित आदिवासी जनजातिको हकहितका लागि विविध रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली दूतावास रियादका द्वितीय सचिव टिकाराम उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन आदिवासी जनजाति महासंघ साउदीका प्रमुख संरक्षक ओम घले, नेपाली दूतावास रियादका पूर्वी क्षेत्र जनसम्पर्क अधिकारी नारायण पासवान विशिष्ट आतिथि रहनु भएको थियो । आदिवासी जनजाति महासंघ साउदीका प्रमुख सल्लाहकार वीरेन्द्रकुमार चौधरी र महासंघका संरक्षक तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य श्रीप्रसाद यावा लिम्बूको विशेष आतिथ्य रहेको थियो ।

“आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा” भन्ने मूल नाराका साथ “२९औं विश्व आदिवासी दिवस“को शुभकामना आदानप्रदान समेत अधिवेशनसँगै सम्पन्न भएको नेफिन साउदी अरबले जनाएको छ ।यसैबीच एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha