शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघको माग

४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघको माग

  • Naveen Sanchar

  • शुक्रबार, भदौ १, २०८०

  • 258
    Views
४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौँ । प्रचलित ऐन कानून विपरीत प्रदेश सरकारका लोकसेवा आयोगबाट प्रकाशित भएका विज्ञापन अबिलम्ब सच्चाई ४५ बर्ष उमेर हद कायम गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । जोडदार माग गर्दछ । अन्यथा चिकित्सक संघ कडाभन्दा कडा कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेपाल सरकार स्वयं हुने संघले जनाएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ को दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता को उपदफा (ग) बमोजिम पुरुष उम्मेदवारको हकमा ३५ बर्ष र महिला उम्मेदवारको हकमा ४० बर्ष उमेर पूरा नभएको मापदण्ड सम्बन्धमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

हालै स्वास्थ्य सेवालाई समेत निजामति सेवामा समावेश गराउने गरी संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए बमोजिम अर्थात ४५ बर्ष सम्म कायम हुनु पर्ने प्रावधान विपरित विभिन्न प्रदेश लोक सेवा आयोगबाट दरखास्त आवहन गरिएको छ । यसले स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गराएको तथा स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म विपरित साथै अवैज्ञानिक रुपमा उमेरको हद कायम गरिएको हुनाले देशभरका लोक सेवा आयोग तथा स्थानीय तहलाई अविलम्ब पत्राचार गरी प्रकाशित विज्ञापनमा संशोधन गर्न तथा भावी दिनमा प्रकाशित गरिने पदपूर्ति सम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐन बमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघले बारम्बार नेपाल सरकार तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराउदा समेत उमेर हदलाई नसच्याई हालै मधेश प्रदेशबाट समेत विज्ञापन प्रकाशित गरिनुले समग्र चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा समर्पित हुने चिकित्सकहरुलाई निरुत्साहित तुल्याएको संघले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha