शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा जिजान अभा खामिसमा राहदानी नवीकरण

नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा जिजान अभा खामिसमा राहदानी नवीकरण

  • Naveen Sanchar

  • बिहिबार, साउन ३२, २०८०

  • 547
    Views
नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा जिजान अभा खामिसमा राहदानी नवीकरण

काठमाडौँ । साउदी अरबस्थित जिजान अभा खामिसमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । नेपाली महावाणिज्यदूतावास जेद्दाले आफ्नो कार्यक्षेत्रभित्र कार्यरत नेपाली श्रमिकको लागि सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती सेवा जिजान र अभा खामिस क्षेत्रमा सम्पन्न गरेको छ। जिजानमा १५५ र अभा खामिसमा ३२२ गरि जम्मा ४७७ जना श्रमिकहरुले सेवा प्राप्त गरेका थिए । गैर आवासीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समन्वय समिति जिजान अभा खामिसले घुम्ती सेवा सफल पार्नको लागि सहकार्य गर्दै अहम भुमिका खेलेको थियो ।
कार्यक्रममा महावाणिज्यदूतावास जेद्दाका श्रम सहचारी ताम्रराज काफ्लेको नेतृत्वमा वाणिज्यदूतावसका कर्मचारी राजु बाँस्कोटा, मोहाम्मद अतुल्ला र सुजन को उपस्थिति थियो । साथै एनआरएनए राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठकोसहयोग रहेको थियो । एनआरएनए क्षेत्रीय समन्वय समिति जिजान अभाखामिसका अध्यक्ष शंकर पौडेलको नेतृत्वमा दुवै क्षेत्रमा सहकार्य र सहयोग गरिएको थियो । कार्यक्रममा क्षेत्रीय समन्वय समितिका उपाध्यक्ष रेशम श्रेष्ठ, कोषाध्यक्ष हरि बिष्ट, प्रवक्ता प्रेम ढुङगेल, युवा संयोजक विनोद हुमागाईँ, सदस्य गणेश लामिछाने, लाल मगर, आषिश गैरे, रेवत अधिकारी, सन्तोष सुनार लगायत अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो । साथै स्थानीय सामाजिक संस्था सगरमाथा प्रवासी नेपाली सङ्घका पदाधिकारीले पनि सहयोग गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha