शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

सिटिजन्स बैंकका ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशत छुट पाउने

  • Naveen Sanchar

  • बिहिबार, साउन ३२, २०८०

  • 144
    Views
सिटिजन्स बैंकका ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशत छुट पाउने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, शेर्पा मलस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईबाट १६ लाख ३१ हजार भन्दाबढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha