शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

“एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा न्यून ब्याजदर

“एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा न्यून ब्याजदर

  • Naveen Sanchar

  • बिहिबार, साउन ३२, २०८०

  • 228
    Views
“एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा न्यून ब्याजदर

तिज, दशैं, तिहार र छठ जस्ता नजिकै आउँदै गरेका चाडपवलाई लक्षित गरी एभरेष्ट बैंक लिमिटेडले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको छ । भाद्र १ गते देखी लागू हुने सो अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार उक्त अफर अन्तर्गत घर कर्जा १०.७४ ५ को स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० ५ सम्म बैंक लगानी रहने छ । सवारी कर्जा १०.९९ ५ को स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० ५ सम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।

तीन महिनाको लागि लागुहुने “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० ५ को प्रिमियम दरमा उपभोग गर्न सकिने छ । । साथै बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहक महानुभावलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गर्नुभयो ।बैंकले देशका विभिन्न गाउँ तथा शहरमा रहेका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउने उद्देश्यका साथ आफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha