बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

मारवाडी सेवा समितिद्वारा कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समितिद्वारा कृत्रिम खुट्टा वितरण

  • Naveen Sanchar

  • मङ्लबार, साउन ३०, २०८०

  • 279
    Views
मारवाडी सेवा समितिद्वारा कृत्रिम खुट्टा वितरण

काठमाडौँ । मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा वितरण गरेको छ । समितिले मोहन बुढाथोकीलाई बाँया खुट्टाको घुँडामुनि, निशान गोलेलाई बायाँ खुट्टाको घुँडामाथि, केशव परियारलाई बायाँ खुट्टाको घुँडामाथि, लक्ष्मण चौधरीलाई बायाँ खुट्टाको घुँडामाथि, कुशा प्रसादलाई दाँया खुट्टाको घुँडामुनि, वशुराम विश्वकर्मालाई दाँया खुट्टाको घुँडामुनि निःशुल्क कृत्रिम खुट्टा लगाइदिएको छ । कार्यक्रमको सञ्चालन गौशाला धर्मशालाका सह–कोषाध्यक्ष एवं कृत्रिम खुट्टा कार्यशालाका संयोजक अशोककुमार अग्रवाल(गर्ग)ले गर्नु भएको थियो ।

पशुपति गौशाला धर्मशालाका अध्यक्ष चतुर्भुज सरियाको सभापतित्वमा सम्पन्न समारोहमा पशुपति गौशाला धर्मशालाका महासचिव महावीर घिराईया, कोषाध्यक्ष सुरेशकुमार मित्तल, कार्यसमिति सदस्य महावीर पोद्दार, कार्यसमिति सदस्य तथा कृत्रिम खुट्टा कार्यशालाका सह–संयोजक विनोद गोयल, मारवाडी सेवा समिति नेपालका उपाध्यक्ष नारायण बजाज, कार्यसमिति सदस्य ओमप्रकाश लोहिया लगायत समाजका सदस्यको उपस्थिति रहेको थियो । साथै लायन्स क्लव अफ काठमाण्डु समर्पितका अध्यक्ष सीमा अग्रवाल, उपाध्यक्ष चारु अग्रवाल, कोषाध्यक्ष सुष्मा राठी, सचिव रेखा संगतानी, कार्यक्रम संयोजका शर्मिला अग्रवाल, लियो क्लव अफ काठमाडौ समर्पितका अध्यक्ष अनिषा सरावगी, कार्यक्रम संयोजक आशुतोष घिराईया र लायन्स क्लप अफ काठमाडौं सेन्ट्रलका अध्यक्ष रिषीकेश जाजोदिया,जिल्ला सह कोषाध्यक्ष राजेश अग्रवाल समेतको सहभागिता रहेको थियो । सहभागीले गौशाला धर्मशाला, गाई गोठ र डायलायसिस सेवा कक्षको अवलोकन एवं निरीक्षण समेत गर्नु भएको थियो । आफन्त एवं चिनजानमा कोही कसैलाई कृत्रिम खुट्टा लगाउन आवश्यक भएमा कृत्रिम खुट्टा वितरण कार्यक्रमका सहसंयोजक विनोद गोयल तथा विनय बुढाथोकीलाई सम्पर्क गरी उक्त सेवा लिन सकिने मारवाडी सेवा समितिले जनाएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha