बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

इन्टर्न चिकित्सकलाई हप्तामा एक दिन विदा उपलब्ध गराउन माग

इन्टर्न चिकित्सकलाई हप्तामा एक दिन विदा उपलब्ध गराउन माग

  • Naveen Sanchar

  • सोमवार, साउन २९, २०८०

  • 267
    Views
इन्टर्न चिकित्सकलाई हप्तामा एक दिन विदा उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल चिकित्सक संघ, जुनियर डक्टर्स कमिटीले इन्टर्न चिकित्सकलाई हप्तामा एक दिन विदा उपलब्ध गराउन तथा नाइट ड्युटीपछि नाइट अफको व्यवस्था गर्न नेपाल मेडिकल काउन्सिलसँग माग गरेको छ । कमिटीले काउन्सिललाई एक ज्ञापनपत्र बुझाउँदै विभिन्न मेडिकल कलेजका शिक्षण अस्पतालले इन्टर्न डक्टरलाई सिकाईको बहानामा ३२ देखि ३६ घण्टासम्म ड्युटीमा राखी चरम श्रम शोषण गर्नु काउन्सिलले जारी गरेको निर्देशिकाविपरीत भएको जनाएको छ । यसबाट संविधानमा उल्लेखित श्रमको हक तथा श्रम ऐन,२०७४ द्वार प्रदत्त अधिकारी हनन भएको ज्ञापनपत्रमा उल्लेख छ । काउन्सिलमा दर्ता भई परीक्षणकालमा रहेका इन्टर्न डक्टरलाई लगातार ३६ घण्टा ड्युटी गर्नुपर्ने मानवीय र वैज्ञानिक कुनै दृष्टिले सही नभएको ज्ञापनपत्रमा जनाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha