सोमवार, फाल्गुन १८, २०८२ | March 2, 2026

चिकित्सक पक्राउ गरिएकोप्रति संघको आपत्ति

चिकित्सक पक्राउ गरिएकोप्रति संघको आपत्ति

  • Naveen Sanchar

  • सोमवार, साउन २९, २०८०

  • 204
    Views
चिकित्सक पक्राउ गरिएकोप्रति संघको आपत्ति

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चिकित्सक विरुद्ध चलाएको फोक्सट्रोट चार्ली मा २०८० साल श्रावण २५ गतेका दिन नेपाल चिकित्सक संघका आजीवन सदस्य रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरिएको, निजको मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल मेडिकल काउन्सिल जस्तो नियमनकारी निकायबाट चिकित्सकको गलत विवरण सीआइबीलाई उपलब्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी प्रक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, विरामी र चिकित्सकबीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पु¥याउने, तथा चिकित्सकीय सेवालाई नै दुषित तुल्याउने कार्यको जति निन्दा गरेपनि कमै हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘चिकित्सकीय तथा स्वास्थ्य सेवामा इमान्दारपूर्वक समर्पित भइरहेका जनशक्तिलाई त्रसित बनाउने, पद र अख्तियारको दुरुपयोग गर्ने कुनै पनि व्यक्ति जिम्मेवार पदमा रहिरहने अधिकार छैन ।”–संघका महासिचव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘ चिकित्सकहरुको मान र प्रतिष्ठासँग खेलवाड गर्ने अधिकार कसैसँग पनि नभएको एवम् यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएकोले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष जोडदार माग गर्दछ ।‘ उक्त घटनालाई गम्भीर रुपमा लिई कानूनी कारवाही अगाडि नबढाइएको अवस्थामा चिकित्सक संघले यथाशीघ्र कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha