सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

एनआरएनए साउदीकी अध्यक्ष अर्याल र मञ्चका पदाधिकारीबीच भेट

एनआरएनए साउदीकी अध्यक्ष अर्याल र मञ्चका पदाधिकारीबीच भेट

  • Naveen Sanchar

  • शनिबार, साउन २७, २०८०

  • 289
    Views
एनआरएनए साउदीकी अध्यक्ष अर्याल र मञ्चका पदाधिकारीबीच भेट

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) साउदी अरेबियाकी नवनिर्वाचित अध्यक्ष रबिना अर्यालसँग नेपाली साझा मन्च साउदीका पदाधिकारीले भेटघाट गरेका छन् । सो अवसरमा मञ्चका पदाधिकारीले नवनियुक्त अध्यक्ष अर्यालसँग साउदी अरेबियामा रहेका नेपालीको हकहितका विविध विषयमा कुराकानी गर्नुभएको थियो । साथै अध्यक्ष अर्याल लगायत नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।
भेटमा साउदी अरबमा देखिएको विभिन्न श्रमिक समस्याबारे सहकार्य र समन्वयबारे छलफल गरिएको थियो भने मञ्चले समस्याबारे मिलेर सम्बन्धित निकायमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउन नवनिर्चित अध्यक्ष अर्याललाई अनुरोध गरेको थियो । सो अवसरमा अध्यक्ष अर्यालले मञ्चको अनुरोधलाई सकारात्मक रुपमा लिँदै लिदै आवश्यक समन्वय र सहकार्य गर्न एनआरएनए साउदी तयार रहेको बताउनुयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha