शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

तेस्रो विश्व ज्ञान सम्मेलनको तयारीमा एनआरएनए

तेस्रो विश्व ज्ञान सम्मेलनको तयारीमा एनआरएनए

  • Naveen Sanchar

  • शुक्रबार, साउन २६, २०८०

  • 216
    Views
तेस्रो  विश्व ज्ञान सम्मेलनको तयारीमा एनआरएनए

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । ’सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा सहित २५ भन्दा बढी देशको सहभागितामा गैर आवासीय नेपाली संघले तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते अर्थात् २०२३ अक्टोबर १७ र १८ तारिखमा आयोजना गर्ने भएको छ । ज्ञान सम्मेलनमा १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने र २ सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल हुने सम्मेलनका संयोजक सह प्राध्यापक राजु अधिकारीले जानकारी दिनुभयो । सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरूलाई समेत सम्बोधन गर्ने अपेक्षा राखेका छौँ । सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिनेछ । सम्मेलनमार्फत नेपालमा रहेका तथा गैरआवासीय नेपाली विशेषज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरु निकट सम्पर्क, सहकार्य, ज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान गरिनेछ ।कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको एनआरएनएले जनाएको छ ।
सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिने संयोजक अधिकारीले बताउनुभयो ।
सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको छ । सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५ २०८०) देखि कार्यपत्र आवहान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३( श्रावण ३० २०८०) बाट दर्ता सुरु गरिने एनआरएनएले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha